सुन्तला, किबी र तरकारी फलाउन पसिना बगाइरहेछन् पदमुक्त माननीय

शिलापत्र

अनुप पौडेल

पार्टीको निर्णय अवज्ञा गर्दा सांसद पद गुमाएका बागलुङका कृष्ण थापा आजकल गाउँतिरै व्यस्त छन् । गण्डकी प्रदेशमा कांग्रेस नेतृत्त्वमा गठबन्धन सरकार बनाउन पहल भइरहँदा राष्ट्रिय जनमोर्चाले पनि साथ दिने निर्णय गरेको थियो । बागलुङ १ (ख) बाट प्रत्यक्ष चुनाव जितेका जनमोर्चाका कृष्णले पार्टीको निर्णय मानेनन् । त्यही कारण जनमोर्चाले कारबाही गरेपछि गत जेठमा उनको सांसद पद गुमेको थियो ।  

करिब आठ रोपनीमा सुन्तलाका २ सय २० बोट र एक रोपनीमा तरकारी लगाएको सांसद थापाले बताए । पूर्वसांसद थापा हाँस्दै दैनिकी सुनाउँछन्, ‘खेतीपातीमै भुलेको छु । पोखरातिर हुने भएर सुन्तलाका बोटले दुःख पाएका थिए । यिनले अहिले राम्रो स्याहार पाएका छन् ।’ फल दिने २० वटा बोटबाट वार्षिक ८० हजार रुपैयाँ आम्दानी हुँदै आएको उनले जानकारी दिए । बाँकी २ सय बोटमा एक वर्षभित्र सुन्तला फल्ने आशामा पूर्वसांसद थापा छन् । 

प्रकाशित मिति: : 2022-02-20 12:18:00

प्रतिकृया दिनुहोस्