रुसी सेना युक्रेनी सीमा पार गर्‍यो

Photo - REUTERS
Photo - REUTERS

रुसी सैन्य फौजले युक्रेनको सीमा पार गरेको छ।

रुसी फौज युक्रेनको पूर्वी क्षेत्र लुहान्सक र खार्किभ तथा उत्तरी चेर्निहिभ र सुमी क्षेत्रमा प्रवेश गरेको युक्रेनी सीमा सुरक्षा सेवा (डीपीएसयू) ले जनाएको छ। 

सीमा प्रवेश गरेर रुसी सेनाले तोप हानेको छ। आक्रमणमा डीपीएसयूका केही सुरक्षाकर्मी घाइते भएका छन्। शत्रुलाई रोक्न सबै कदम चालेको डीपीएसयूले जनाएको छ।

प्रकाशित मिति: : 2022-02-24 14:10:00

प्रतिकृया दिनुहोस्