योगेश भट्टराई भन्छन्- शेरबहादुरजीले ब्ल्याङ्क चेक माग्नुभएको छ, एमालेले दिँदैन 

नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ‘ब्ल्याङ्क चेक’ मागेको बताएका छन्।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता भट्टराईले यस्तो बताएका हुन्। उनले एमालेले सहमतिका नाममा व्ल्याङ्क चेक नदिने बताएका छन्।

‘शेरबहादुरजीले हामीले उठाएका कुराहरुलाई कुनै सम्बोधन नगरी व्लयाङक चेक दिनुस् भनिरहनुभएको छ', नेता भट्टराईले भने, ‘एमालेले ब्ल्याङ्क चेक दिँदैन। ब्ल्याक एण्ड ह्वाइटमा सहमति हुनुपर्छ।’ 

उनले अहिले सत्ता गठबन्धनभित्र देखिएको संकटलाई राष्ट्रिय संकटको रुपमा देखाइएको र मुलुकलाई भूराजनीतिक चलखेलको केन्द्र बनाइएको टिप्पणी समेत गरेका छन्।

प्रकाशित मिति: : 2022-02-24 15:11:00

प्रतिकृया दिनुहोस्