बानेश्वरमा देउवा र ओलीबीच छलफल, शीर्ष नेताहरू सहभागी

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ।

प्रतिनिधिसभा बैठक स्थगित भएपछि उनीहरू नयाँ बानेश्वरस्थित संसद भवनमा एमाले अध्यक्ष ओलीको कार्यकक्षमा छलफलमा जुटेका हुन्।

छलफलमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु सहभागी छन्।

दुई नेताबीच भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

प्रकाशित मिति: : 2022-02-24 15:24:00

प्रतिकृया दिनुहोस्