अरमानको जमानत अस्वीकार

File photo
File photo

अरमानको जमानत निवेदन विशेष अदालत र बम्बई हाई कोर्टले खारेज गरिदिएको थियो।

एनसीबीले अदालतमा आरोपीलाई एक व्यावसायिक मात्राको कब्जाका लागि नारकोटिक्स ड्रग्स एण्ड साइकोट्रोपिक सबस्टेन्स (एनडीपीएस) अधिनियमको एक सम्बन्धित धारा अनुसार पक्राउ गरेको बताएको छ। सम्बन्धित धारामा चिकित्सा आधारमा जमानतको प्रावधान छैन।

एनसीबीले अरमानको जुहूस्थित घरमा छापा मारेर केही मात्रामा लागुऔषध बरामद गरेको थियो। एनसीबीका अनुसार उनको घरबाट १ दशमलब २ ग्राम एमडी बरामद गरिएको थियो। जबकी यो मामलामा सहआरोपीबाट ठूलोमात्रामा मादक पदार्थ बरामद गरेको थियो।

कोहलीको गिरफ्तारी मुख्य विक्रेता अजयराज सिंहलाई हिरासतमा लिएर सोधपुछ गरिएपछि भएको थियो। अरमानको घरमा बरामद भएको लागुऔषध दक्षिण अमेरिकामा तयार भएको थियो।
 

प्रकाशित मिति: : 2022-02-24 17:43:00

प्रतिकृया दिनुहोस्