प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार छिरे बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। एमसीसी सम्झौता संसद्‍बाट पारित गर्ने विषयमा छलफल गर्न उनी बालुवाटार पुगेको बताइएको छ।

आफ्नै पार्टीमा एमसीसीका विषयमा विभाजन रहेको समयमा उनी प्रधानमन्त्री देउवालाई भेट्न पुगेका हुन्। भट्टराई पक्ष एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षमा छन्।

एमसीसीको विषयले सत्ता गठबन्धन फुटको संहारमा रहेको बेला भट्टराईको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति: : 2022-02-24 19:02:00

प्रतिकृया दिनुहोस्