एक गायिकालाई जबर्जस्ती करणी गरेकाे भन्दै अभिनेता पल शाहविरूद्ध तनहुँ जिल्ला प्रहरीमा उजुरी परेपछि सामाजिक सञ्जाल तरङ्गित छ।
गत बुधबार पलविरूद्ध प्रहरीमा उजुरी परे पनि प्रहरीले अहिलेसम्म उनलाई पक्राउ गर्न सकेकाे छैन। बरू घटनालाई नयाँ माेडतर्फ लैजाने गरी थप तथ्यहरू बाहिरिएका छन्।
उजुरी परेकाे भाेलिपल्टै पल आफैले ‘मलाई फसाउने यी व्यक्तिहरू हुन्’ भन्दै केही कलाकारहरूकाे नाम सार्वजनिक गरे। जुन सूचीकाे पहिलाे नम्बरमा गायक दुर्गेश थापाकाे नाम छ।
त्यातिबेला पलले आफूलाई फसाउन गरिएकाे षड्यन्त्रकाे याेजनासहितकाे अडियाे सार्जवनिक गरेका थिए। जसमा दुर्गेश पनि संलग्न थिए। पललाई फसाउने दुर्गेश भएकाे भन्दै सामाजिक सञ्जालमा चर्काे आलाेचनापछि दुर्गेशले शुक्रबार सामाजिक सञ्जालमा एक स्टाटस राख्दै आफू सत्यकाे फर्खाइमा रहेकाे बताएका छन्।
‘सत्य,’ म तिमीलाई कुरिरहेछु जालसाजीको नौघुम्ती नेर !!,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
याे विषय यति धेरै गम्भीर माेडमा पुग्दा पनि उनीहरू भने एकअर्कालाई धारेहात तेर्स्याइरहेका छन् ।