आतंककारी समूहले धर्म परिवर्तन गरेका नेपालीलाई सेल्टर बनाएको खुलासा

शिलापत्र

काठमाडाैँ

१२ भदौ २०७० को अपराह्न पोखरामा ठूलो पानी पर्‍यो । उक्त दिन नेपाल प्रहरीको विशेष ब्युरोका चार जना अधिकृत एउटा गतिलो ‘मिसन’ पूरा गर्ने अन्तिम तयारीमा जुटेका थिए । दर्केकाे पानी रोकिएपछि ‘अन्डरकभर’मा रहेको त्याे टाेली एउटा मोटरसाइकलमा पोखराको आशंकित व्यक्तिको घरतिर लाग्यो ।  

नभन्दै राति सवा १० बजेतिर स्थानीय प्रहरीले दुई जना व्यक्तिलाई उक्त घरबाट बाहिर निकाल्यो ।  

सेतो सट लगाएका उनले झ्याप्प दाह्री पालेका थिए । लामा दाह्री छातीसम्म झरेको थियो । हुलिया हेर्नासाथै ब्युरोका प्रहरीले चिनिहाले, वर्कसप सञ्चालकको भेषमा बसेका उनी यासिन भट्कल हुन् ।

भट्कल भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीका व्यक्ति हुन् । मोहमद अहमद सिद्धिबापा खास नाम भए पनि आतंकवादी दुनियाँमा उनी यासिन भट्कल भनेर चिनिन्थे । उनी भारतमा आतंकवादी क्रियाकलापमा सक्रिय इन्डियन मुजाहिद्दीन (आईएम)का सह–संस्थापक रहेको भन्दै भट्कलबारे सूचना दिनेलाई भारतले आर्थिक इनामको घोषणासमेत गरेको थियो । भारतमा भएका शृङ्खलाबद्ध विस्फोटबाट २ सय जनाभन्दा बढीको ज्यान गएको घटनामा भट्कललाई योजनाकार मानिएको थियो ।

प्रकाशित मिति: : 2022-02-26 09:34:00

प्रतिकृया दिनुहोस्