पल शाह प्रकरणः निर्देशक सुदर्शन थापालाई सोधपुछ गरेर छाडियो

File Photo
File Photo

निर्देशक तथा निर्माता सुदर्शन थापालाई नयाँ बानेश्वर प्रहरी वृत्तले अभिनेता पल शाहबारे सामान्य सोधपुछपछि छाडेको छ।

बलात्कार आरोपमा जाहेरी परेपछि सम्पर्कविहीन बनेका अभिनेता पल शाह प्रकरणमा उनलाई सोधपुछ गरेर छाडिएकाे प्रहरी बताएकाे छ। थापा चलचित्र 'म यस्तो गीत गाउँछु–२' का निर्देशक तथा निर्माता हुन्।

थापालाई शनिबार दिउँसो प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिएलगत्तै प्रहरीले सोधपुछका लागि लगेको थियाे।

नाबालिकलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएको खबर बाहिरिएसँगै अभिनेता शाह सम्पर्कविहीन छन्। फोन र फेसबुक बन्द गरेर उनी अझै फेला परेका छैनन्। प्रहरीले शाहलाई फेला पार्न नसकेपछि थापासँग सोधपुछ गरेकाे जनाएकाे छ।

प्रकाशित मिति: : 2022-02-26 15:50:00

प्रतिकृया दिनुहोस्