एमसीसीको मतदानमा झलनाथ खनाल सहभागी नहुने

एमसीसी संसदबाट पारित गर्नका लागि आइतबार साँझ साढे ६ बजेपछि प्रतिनिधि सभाको अर्को बैठक बोलाइएको छ। उक्त बैठकमा एमसीसी सम्झौता पारित गर्न मतदान हुनेछ।

एमसीसीको मतदान प्रकृयामा सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भाग नलिने भएका छन्। उनले मतदान प्रक्रियामा आफू सहभागी नहुने बताएका छन्। 

आइतबार नै बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले एमसीसी व्याख्यात्मक टिप्पणीसहित  पारित गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2022-02-27 18:32:00

प्रतिकृया दिनुहोस्