प्रतिनिधिसभा नागा/जाेगी भेला हुने कुम्भ मेलाजस्तै भयाे- सुदन किराती

फाइल तस्विर
फाइल तस्विर

पूर्वमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले प्रतिनिधिसभा नागा/जाेगी भेला हुने कुम्भ मेलाजस्तै भएकाे टिप्पणी गरेका छन्। किरातीले काठमाडाैँमा शनिबार बिहान एक रेडियाेमा अन्तर्वार्ताकाे क्रममा यस्ताे टिप्पणी गरेका हुन्।

‘प्रतिनिधिसभा त तपाईंकाे चाहिँ नागा/जाेगीहरु भेला हुने कुम्भ मेलाजस्ताे देखिराखिएकाे छ। यहाँ कुनै बाैद्धिक काम भएकाे छैन, नीतिगत काम भएकाे छैन।’ उनले संसद चलेपनि देश र जनताकाे हितमा नीतिहरु बनाउन नसकिएकाे बताए।

उनले भने, ‘व्यवस्थाकाे विरुद्धमा मनाेविज्ञान भइरहँदा यस्ताे समस्या उत्पन्न भएकाे यसकाे अन्त्य हुनुपर्छ।’ देश संसदीय व्यवस्था नफापेकाे निष्कर्षतिर गइरहेकाे बताए।

प्रकाशित मिति: : 2024-05-18 09:04:00

प्रतिकृया दिनुहोस्