सत्ता गठबन्धन फुट्यो, अलगियाे जनमोर्चा

File Photo
File Photo

राष्ट्रिय जनमोर्चा पाँच दलीय गठबन्धनबाट बाहिरिएको छ।

संसदबाट एमसीसी अनुमोदन भएपछि असहमति जनाउँदै जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हाे।

सोमबार बसेको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।

‘राष्ट्रघाती एमसीसी अनुमोदन गरेपछि आज बसेको पार्टीको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो,’ अध्यक्ष केसीले भने।

पछिल्लो समय गठबन्धन बैठकमा आफूहरुलाई सहभागी नगराएको गुनासो गर्दै आएको राष्ट्रिय जनमोर्चा अन्ततः गठबन्धनबाट बाहिरिएको हो।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले एमसीसीबारे व्याख्यात्मक घोषणपत्र जारी गरेर एमसीसी सम्झौता अनुमोदन गरेको थियो। तर, यसलाई राष्ट्रघाती कदम भन्दै राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको हो। 

प्रकाशित मिति: : 2022-02-28 15:27:00

प्रतिकृया दिनुहोस्