अवैध सालको काठ बरामद

धनुषाको मिथिला नगरपालिका–७ स्थित बसही खोलाबाट वनगस्ती टोलीले अवैध सखुवाको काठ बरामद गरेको छ। सव डिभिजन वन कार्यालय पुष्पवलपुरका वन कर्मचारी र पोखरी दमार सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको संयुक्त वनगस्ती टोलीले पाँच थान अवैध सखवाको गोलिया बरामद गरेको हो।

काठ छोडेर तस्करहरु फरार भएको अवस्थामा काठ फेला परेको पोखरी दमार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामकुमार महतोले बताए। बरामद गरिएको उक्त काठ तत्काल समितिको कार्यालयमा घाटगद्दी गरिएको उनले जानकारी दिए।  केही दिन यता राष्ट्रिय वनबाट बहुमुल्य काठ व्यापक तस्करी भइरहेको जनगुनासो बढेपछि वन उपभोक्ता समिति र वन कर्मचारीले अवैध काठ ओसारपसार तथा चोरी तस्करी नियन्त्रण गर्न वनमा गस्ती बढाएको छ।

विभिन्न सामुदायिक वन क्षेत्रमा हुने गरेको चोरी तस्करीलाई मध्यनजर गरेर गस्ती टोली परिचालन गरिएको सव डिभिजन वन कार्यालय पुष्पवलपुरका वन कर्मचारी रामदेव यादवले जानकारी दिए।

प्रकाशित मिति: : 2022-03-02 12:20:00

प्रतिकृया दिनुहोस्