१० मध्ये नौ पालिकामा एकीकृत समाजवादीको पालिका कमिटी गठन

नेकपा (एकीकृत समाजवादी) खोटाङले १० पालिकामध्ये नौ पालिकामा पालिका स्तरीय कमिटी गठन गरेको छ।

जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, बराहपोखरी गाउँपालिका र साकेला गाउँपालिका पालिका स्तरीय कमिटी गठन गरिएको हो। 

मंगलबार खोटेहाङ गाउँपालिकामा तिर्थ प्रधानको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी)को ३५ सदस्यीय पालिका अधिवेशन आयोजक कमिटी गठन गरिएको छ। नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बबी चाम्लिङको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष जलसेर राईको विशेष आतिथ्यतामा पालिका अधिबेसन आयोजक कमिटी गठन गरिएको हो।

पालिका अधिवेशन आयोजक कमिटी गठनका क्रममा नेकपा (एकीकृत समाजवादी)का प्रदेश कमिटी सदस्य तारानाथ दाहाल, श्यामराज राई, मिलन श्रेष्ठ, जिल्ला उपाध्यक्ष नरेशकुमार राई लगायतको उपस्थिति रहेको थियो। नेकपा (एकीकृत समाजवादी)का अनुसार अव रावाबेँसी गाउँपालिकामा मात्र पालिका कमिटी बिस्तार गर्न बाँकी छ। 

प्रकाशित मिति: : 2022-03-02 19:01:00

प्रतिकृया दिनुहोस्