कलाकारको नाममा रेष्टुरेन्ट र खानेकुरा

बलिउड निकै ठूलो र रंगीन छ, जसको आकाशमा केही कलाकार चम्किन्छन् त केही गुमनाम हुन्छन्। बलिउडमा यस्ता कैयौं कलाकार छन्, जो आफ्नो अभिनयको दममा फ्यानको दिल र दिमागमा छाप छोडिरहेका छन्। यीमध्ये केहीको नामबाट रेष्टुरेन्ट र खानेकुरा नै बनेका छन्।

दक्षिणका सुपरस्टार रजनीकान्तलाई दर्शकले उनको स्टायल र अभिनयका लागि चिन्छन्, उनको भारतमा करोडौं फ्यान छन् । उनलाई फ्यानहरूले ‘थलाइवा’ नामले चिन्छन्। उनको नाममा चेन्नईको न्यू नीला भवनमा रहेको एक रेष्टुरेन्टमा १२ खानेकुरा पाइन्छन्।

बलिउडकी ‘डिम्पल गर्ल’ अभिनेत्री दीपिका पादुकोणको हाँसो र लुक्सको जोकोही फ्यान छन्, उनको नाममा महाराष्ट्रको पूणेमा पराठा बनाइन्छ। यसबाहेक अमेरिकाको अस्टिन शहरको एक रेष्टुरेन्टमा डोसाको नाम नै दीपिका राखिएको छ।

बलिउड अभिनेता रणवीर कपूरको नाममा पञ्जाबको राजधानी चण्डीगढको एक ढावामा स्पेशल चिकन पाइन्छ। रणवीर आफ्नो पोलिटिकल ड्रामा फिल्म ‘राजनीति’को प्रवद्र्धन गर्न यो ढावामा पनि पुगेका थिए।

बलिउडका ‘किंग खान’ शाहरुख खानको लोकप्रियता भारतमा कम छैन। केही समय अघि उनले बनारसमा जुन दोकानमा पान खाए, पानवालाले उनको नामबाट नै पान बेच्न थाले, त्यो पान पसल वरपरका मानिसहरु त्यो दोकानलाई अहिले ‘शाहरुखले पान खाएको दोकान’ भनेर चिन्दछन्।

ग्लोबल आइकन अभिनेत्री प्रियंका चोपडाको नाममा वेस्ट हलिउडमा मिलियन्स अफ मिल्कशेक्स स्टोरमा मिल्क शेक पाइन्छ।

अभिनेता सलमान खानको नाममाथि उनको एक फ्यानले पूरा रेस्टुरेन्ट खोलेका छन्। जुन रेस्टुरेन्टमा पाइने खानेकुराहरुको नाम उनले फिल्मका निभाएको पात्रको नाम राखिएको छ।

प्रकाशित मिति: : 2022-03-04 12:33:00

प्रतिकृया दिनुहोस्