विवेकशून्य भिड जम्मा पार्ने साधन बन्दै सामाजिक सञ्जाल र युट्युब

शिलापत्र

सागर चन्द

नाबालिका बलात्कारको आरोप लागेका अभिनेता पूर्णविक्रम शाह ‘पल’ १४ फागुनमा तनहुँस्थित दमौली प्रहरी कार्यालयमा ‘आत्मसर्मपण’ गर्न पुगे। तर, पल त्यहाँ एक्लै पुगेनन्। उनीलगत्तै उनका समर्थक र युट्युबर पनि दमौली पुगे। त्यसयता दमाैलीमा शरमलाग्दाे रमिता छ।

१४ फागुनदेखि नै दमौली प्रहरी कार्यालयबाहिर जम्मा भएका पल समर्थकहरूको भिडले उनको पक्षमा नाराबाजी गरिरहेको छ। झट्ट हेर्दा पढेलेखेकाे, तर नागरिक कर्तव्यबारे चेतनाशून्य देखिने पल समर्थक भिडले पीडितको मनोबल र आत्मबल कमजोर बनाउनेगरी सामाजिक सञ्जालमा पलको पक्ष लिएर पीडितको चरित्रहत्या गरिरहेकाे छ।

प्रकाशित मिति: : 2022-03-04 19:54:00

प्रतिकृया दिनुहोस्