गीतकार रविमान सिंह बस्न्यातको ‘सुन म्याकुरी’ सार्वजनिक

गीतकार रविमान सिंह बस्न्यातको ‘सुन म्याकुरी’ गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकाे भिडियाे युट्युबमा शनिबार सार्वजनिक भएकाे हाे।

कर्णराज गिरीकाे स्वर रहेकाे गीतकाे सङ्गीत टिका बम्जनले गरेका छन् भने साहस शाक्यकाे सङ्गीत संयाेजना रहेकाे छ। राहुल शाह र आश्मा विश्वकर्माकाे अभिनय रहेका म्युजिक भिडियाेकाे निर्देशन राहुल आफैले गरेका हुन्।

प्रेमी/प्रेमिका बीचकाे सम्बन्ध देखाउन खाेजिएकाे यस लाेकपप शैलीकाे गीतकाे छायाँकन र सम्पादन पवन सुस्लिङ्गले गरेका हुन्।

प्रकाशित मिति: : 2022-03-06 07:44:00

प्रतिकृया दिनुहोस्