माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित 

file photo
file photo

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ।

आइतबार दिउँसाे १ बजे बस्ने भनिएको केन्द्रीय कमिटी बैठक भोलिका लागि सारिएकाे हाे। यसअघि आइतबार बिहान ११ बजेका लागि तय भएको बैठक सारेर दिउँसाे २ बजे अनुपम फुडल्याण्डमा बस्ने तयारी थियो।

एक नेताका अनुसार बैठकको तयारी नपुगेकाले बैठक स्थगित गरिएको हाे।

माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो। पहिलो दिनको बैठक राष्ट्रिय सभागृहमा बसेको थियो।

प्रकाशित मिति: : 2022-03-06 13:02:00

प्रतिकृया दिनुहोस्