बलात्कार आरोपी एमालेका सांसद मोहन बानियाँ निलम्बित

File Photo
File Photo

बलात्कारको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन्।

मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको छ।

उनी जिल्ला प्रहरी कार्यालय बाँकेको न्यायिक हिरासतमा छन्। 

प्रकाशित मिति: : 2022-03-06 14:15:00

प्रतिकृया दिनुहोस्