काे हुन्

‘एनिमल’ बाट रातारात भाइरल भएकी तृप्ति डिमरी (तस्बिरसहित)

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

सन् २०२३ को बहुप्रतिक्षित फिल्ममध्ये एक हाे, भारतीय फिल्म 'एनिमल'। डिसेम्बर १ मा रिलिज भएकाे उक्त फिल्ममा अभिनेता रणबीर कपूर र बबी देओलले अभिनय गरेका छन्। 

फिल्मको क्रेज यतिधेरै बढीरहेकाे छ। सामाजिक सञ्जालमा 'एनिमल' फिल्मको एक क्लिप भाइरल भइरहेको छ, जसमा रणबीर कपूर र तृप्ति डिमरी रोमान्स गरिरहेका छन्। 

यो क्लिप सार्वजनिक भएपछि तृप्ति डिमरीको सर्वत्र चर्चा भइरहेको छ। यी अभिनेत्रीको बारेमा थाहा थाहा पाउनका लागि उत्साहित छन् दर्शकहरू। 

भलै, फिल्मकी मुख्य अभिनेत्री रश्मिका मन्दाना हुन्। तर सबैकाे ध्यान तृप्ति डिमरीले खिचेकी छन्। भलै, तृप्तिले एनिमलबाट चर्चा बटुलेपनि उनकाे याे पहिलाे फिल्म भने हाेइन। 

त्यसभन्दा अघि पनि उनी बलिउडका थुप्रै फिल्ममा देखा परिसकेकी छिन्। तृप्ति डिमरीले सन् २०१७ मा रिलिज भएको फिल्म 'मम' बाट आफ्नो करियरको सुरुवात गरेकी थिइन्। 

उनी 'मम' मा सानो भूमिकामा देखिएकी थिइन्। यसपछि उनी सन्नी देओल, बबी देओल र श्रेयस तलपडेको फिल्म 'पोस्टर ब्वाइज' मा देखा परेकी थिइन्। तर उनले निर्देशक इम्तियाज अलीको फिल्म 'लैला-मजनू' बाट मान्यता पाइन्। यस फिल्ममा उनी मुख्य भूमिकामा देखिएकी थिइन्। 

याेसँगै उनले ओटीटीमा रिलिज भएका दुई फिल्म बुलबुल (२०२०) र काला (२०२२) मा पनि अभिनय गरिसकेकी छिन्। फिल्ममा उनकाे अभिनय दमदार भएपनि उनी दर्शकमाझ फैलिन सकिनन् तर एनिमलले उनी रातारात भाइरल भइन्। 

रश्मिकालाई पनि उनले पछि पारिन्। अहिले सामाजिक सञ्जालमा पनि तृप्तिकै चर्चा चलिरहेकाे छ।

प्रकाशित मिति: : 2023-12-11 17:30:00

प्रतिकृया दिनुहोस्