दिव्या अग्रवाल र वरुण सूदको ब्रेकअप

रियालिटी शोबाट आफ्नो करियरको सुरुवात गरेका जोडी हुन्, दिव्या अग्रवाल र वरुण सूद। जो भारतीय टीवीका चर्चित जोडी हुन्। 

४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले अचानक अलगिने निर्णय गरेका छन्। जसको खुलासा स्वयं दिव्याले गरेकी छन्। 

उनले सोशल मिडियाबाट आफूहरुको ब्रेकअप भएको जानकारी दिएकी हुन्। जसको खबरले उनीहरुलगायत उनका दर्शकहरु नै दुखी बनेका छन्। 

 

उनले लेखेकी छन्, 'जिन्दगी एक सर्कस जस्तो छ, सबैलाई खुसी राख्नको लागि कोसिस गर तर तिम्रो कुनै सपना पूरा हुने सपना नराख तर के हुन्छ जब हामी आफैँसँग प्रेम गर्न छोड्छौँ? नाई मसँग जे भइरहेको छ त्यसमा म कसैलाई दोष दिन्न्। तर मलाई लाग्छ कि अब म थाकिसकेको छु र यो ठिक छ, म अब सास लिन चाहन्छु र आफ्नो लागि बाच्न चाहन्छु।'

को हुन् दिव्या अग्रवाल 

दिव्या भारतीय रियालिटी शोकी चर्चित अभिनेत्री हुन्। जसले आफ्नो करियरको सुरुवात रियालिटी शो 'इस्पील्सभिल्ला-१०' बाट गरेकी थिइन्।

जसमा उनका पार्टनर बनेका थिए९प्रियंक शर्मा। उक्त शोमा उनीहरु फस्ट रनरअप बन्न सफल भए। 

शोका पार्टनर बनेका शर्मासँग पनि उनी प्रेम सम्बन्धमा थिइन्। तर शर्माले आफूलाई धोका दिएको भन्दै उनले प्रियंकसँग ब्रेकअप गरिन्। जस पश्चात उनको भेट वरुण सूदसँग भयो। 

विस्तारै नजिकिएका उनीहरुले रियालिटी शो 'एसअफ स्पेश' मा सहभागिता जनाए। जसको विनर दिव्या भइन्।

पछिल्लो समय दिव्या रियालिटी शो बिग बोस आटीटीमा देखिएकी थिइन्। जसको बिजेता बन्न उनी  सफल भइन्।  

प्रकाशित मिति: : 2022-03-07 18:33:00

प्रतिकृया दिनुहोस्