संसदमा महिला : संख्या बढ्यो बढेन भूमिका

अनलाइनखबर

रघुनाथ बजगाईं

फागुन १५ गते प्रतिनिधिसभाले अमेरिकी सहयोग सम्झौता एमसीसी परियोजना अनुमोदन गर्दै थियो । सत्तारुढ दलकै एक जना महिला सांसदले एमसीसीबारे बोल्न चाहिन् । प्रमुख सचेतकसंग समय मागिन् । तर, पार्टीका निश्चित व्यक्तिले मात्रै बोल्ने तय भएको भन्दै प्रमुख सचेतकले ती सांसदलाई बोल्न समय नमिल्ने प्रष्ट भनिदिए । उनी प्रतिनिधिसभा बैठकमा सहभागी भइन ।

एमसीसीमाथि विस्तृत (दफावार)छलफल सुरु भएपछि उठेर बोल्नका लागि सभामुखसंग समय मागिन् । तर, पार्टीकै अर्का सांसदले हपारेपछि उनी बैठक छोडेर हिँडिन् ।

प्रकाशित मिति: : 2022-03-08 12:25:00

प्रतिकृया दिनुहोस्