रहेनन् रक्तिम सांस्कृतिक अभियानका कलाकार शर्मा

photo: facebook/bishnu sharma
photo: facebook/bishnu sharma

राष्ट्रिय जनमाेर्चा निकट रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कोषाध्यक्ष विष्णु शर्माको निधन भएको छ।

शर्माको मंगलबार काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले बताएका हुन्।

केही महिनादेखि जण्डिस रोगबाट पीडित शर्माको जण्डिस बिग्रिएर समस्या उत्पन्न भएपछि उपचारका लागि पहिले टिचिङ हस्पिटल लगिएको थियो। त्यहाँ उपचार नभएपछि केएमसीमा लगिएका उनको उपचारकै क्रममा आज (मंगलबार) साँझ निधन भएको हो।

शर्मा रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय कोषाध्यक्षसँगै बागमती प्रदेश अध्यक्ष र काठमाडौं महानगर समितिका अध्यक्ष थिए। नृत्य तथा अभिनय कलामा अब्बल शर्माले नयाँ पींढीका कलाकारलाई प्रशिक्षणसमेत दिन गर्दै आएका थिए।

रक्तिमको आयोजनासँगै पार्टीले आयोजना गरेका हरेक संघर्षका कार्यक्रममा विष्णु शर्मा अग्रमोर्चामा सामेल देखिन्थे।

शर्माको करिब दुई वर्षअघि रक्तिमका कलाकार समीक्षा श्रेष्ठसँग विवाह भएको थियो। उनको आज काठमाडौंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ।

प्रकाशित मिति: : 2022-03-09 07:44:00

प्रतिकृया दिनुहोस्