'ड्राइभ माई कार'ले देखाएको आफूभित्रको बाटो

शिलापत्र

सुरज सुवेदी

यस फिल्मका प्रमुख पात्र एक चर्चित नाटक निर्देशक र कलाकार योसुके काफुकु हुन्। उनी एन्टोन चेखबको नाटक 'अंकल भान्या' निर्देशन गर्नका लागि हिरोसिमा आर्ट एन्ड कल्चर थिएटरको आवासीय कार्यक्रममा गएका छन्। त्यहाँ उनले आफ्नो नाटकमा खेल्ने कलाकारहरूलाई अडिसनबाट छान्नु छ। स्क्रिप्ट रिडिङ गर्नु छ, अनि निर्देशक भएर नाटकलाई स्टेजसम्म लैजानु छ।

उनलाई पुनः एकपल्ट 'अंकल भान्या' नाटकभित्र छिर्नु छ, जुन आफैँमा चुनौतीपूर्ण काम हो। त्यो नाटकले हरेक कलाकारलाई उनीहरूको अस्तित्वतिर फर्काइदिन्छ। जवाफ दिँदा आफूलाई सम्हाल्नै गाह्रो पर्ने असाध्यै कठोर प्रश्नहरू सोधिदिन्छ। जसलाई झेल्न हरेक कलाकारका लागि चुनौतीपूर्ण हुन्छ।

प्रकाशित मिति: : 2022-03-12 07:49:00

प्रतिकृया दिनुहोस्