जसपा बैठक : अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्ताव पारित गर्ने तयारी 

File Photo
File Photo

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ।

कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सुरु भएको बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने नेता मनिष सुमनले जानकारी दिए।

छलफलप्रश्चात सहमति भए सोमबारकै बैठकमा दुवै प्रस्ताव पारित गर्ने जसपाले जनाएको छ।

यसअघि आइतबारको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका र समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ। सोमबारदेखि केन्द्रीय समिति बैठक सुरु भएको हो। 

प्रकाशित मिति: : 2022-03-14 12:23:00

प्रतिकृया दिनुहोस्