देउवालाई भीम रावलको जवाफ : म मन्त्री हुँदा मन्त्रिपरिषदबाट एमसीसी पास भएको हाेइन

File Photo
File Photo

नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो बारेमा दिएको अभिव्यक्ति झुठा र उदण्डतापूर्ण भएकाे बताएका छन्।

सोमबार नुवाकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले रावल मन्त्री भएकै बेला एमसीसी सम्झौता मन्त्रिपरिषदबाट पास भएको बताएका थिए।

प्रधानमन्त्री देउवाले 'आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषद्बाट पास गरेका भीम रावलले त्यसबेला किन आलोचना गर्नुभएन? त्यतिबेला राजीनामा नदिएर के हेरेर बसेको ?' भनी प्रश्न गरेका थिए।

रावलले भने आफू मन्त्री भएका बेला मन्त्रिपरिषदबाट एमसीसी पास नभएको दाबी गरेका छन्।

उनले भने, ‘म केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री थिएँ। प्रधानमन्त्री ओलीले एमसीसी सम्झौता संसदमा ल्याएको बेला होइन।’

नेता रावलले प्रधानमन्त्रीले आफूमाथि तुच्छ शब्द प्रयोग गरेको बताएकाे छन्। साथै उनले देउवालाई पदीय मर्यादा कायम गर्न आग्रहसमेत गरेका छन्।

‘यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुटो बोल्ने प्रधानमन्त्रीको या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ। जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ’, उनले भनेका छन्।

प्रमं देउवाले नुवाकोटमा मेरो बारेमा दिएको अभिव्यक्ति कति झुठा र उदण्डतापूर्ण छ, तथ्य हेरौं : pic.twitter.com/7aoA854K9I

— Dr. Bhim Rawal (@BhimRawal179) March 14, 2022
प्रकाशित मिति: : 2022-03-14 16:33:00

प्रतिकृया दिनुहोस्