विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक जारी

नेत्र विक्रम चन्द ‘विप्लव’  नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेकाे छ।

पार्टी केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुको शिवगडिमा पार्टीको १२ औं पुर्ण बैठक सुरु भएको हो।

बैठकमा संसद्ले हालै पारित गरेको एमसीसी, निर्वाचनमा भाग लिने नलिनेबारे पार्टीको धारणा तय गर्ने छ।

संसदीय व्यवस्थाको विरोध गर्दै आएको नेकपा स्थानीय तह निर्वाचनमा सहभागि हुने चर्चा चलिरहेको छ। यो विषयमा पार्टीभित्र थरी थरीका धारणा छन्।

पार्टी महासचिव विप्लव नै निर्वाचनमा सहभागि हुनुपर्ने पक्षमा छन्। त्यस्तै पार्टी प्रवक्ता प्रकाण्ड पनि स्थानीय तहको निर्वाचनमा जानुपर्ने पक्षमा छन्।तर, अन्य नेताहरू भने तत्काल निर्वाचनमा जान नहुने अडानमा छन्। जुन विषयमा केन्द्रिय समिति बैठकले ठोस धारणा बनाउनेछ। 

प्रकाशित मिति: : 2022-03-18 16:04:00

प्रतिकृया दिनुहोस्