आगामी चुनावमा माओवादी पहिलाे पार्टी बन्ने सम्भावना छ : प्रचण्ड (भिडियाेसहित)

प्रचण्ड: कसैको बैसाखी टेकेर होइन आफ्नै बलमा चुनाव जित्छौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादी पहिलाे पार्टी बन्ने सम्भावना रहेकाे बताएका छन्।

कार्यकर्ता प्रशिक्षण कार्यक्रमकाे लागि पाेखरा आएका प्रचण्डले विमानस्थलमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै देशभरकाे अवस्था हेर्दा माओवादी पहिलाे पार्टी बन्ने सम्भावनातर्फ गएकाे बताएका हुन्।

‘०६४ मा शान्ति सम्भौता गरेर आउँदा पनि माओवादीले चुनाव जित्छ कसले भनेको थियाे र ? तर, जनताले यथार्थ के हो भन्ने देखाइदिए, हामीले झण्डै बहुमत पायौँ। ०७४ को परिणाम पनि हामी सँग छ,’ प्रचण्डले भने,‘अब हामी जुन चुनावमा जाँदैछौँ, देशभरिको अवस्था हेर्दा हामी पहिलो पार्टी भन्ने सम्भावना छ।’

देश बनाउने, शान्ति प्रक्रिया गर्ने, लोकतन्त्र बचाउँने माओवादी नै भएकाे कुरा मानिसले महसुस गरेकाे प्रचण्डकाे दाबी थियाे।

‘अहिले सबैतिर माओवादीमा प्रवेश गर्नेकाे लहर छ,’ प्रचण्डले भने,‘हिजो मात्रै सिन्धुलीका साथीहरुले एक नम्बर पार्टी भन्ने कमिटमेन्ट देखाउनु भएको छ, त्यो पनि भरपर्दाे तरिकाले। अबको चुनावमा हामी कसैको बैसाखी टेकेर होइन आफ्नै बलमा चुनाव जित्छौँ।’

प्रकाशित मिति: : 2022-03-20 09:01:00

प्रतिकृया दिनुहोस्