प्रधानमन्त्रीकाे चीन भ्रमण

चिनियाँ ‘रेड कार्पेट’माथि प्रधानमन्त्री प्रचण्ड, सी जिङपिङलाई आजै भेट्ने (भिडियाेसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आठ दिने भ्रमणको लागि चीन पुगेका छन्।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्न अमेरिका पुगेका प्रचण्ड उतैबाट आज (शनिबार) चीन पुगेका हुन्। प्रधानमन्त्री प्रचण्ड चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा चीन प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले आज (शनिबार) राष्ट्रपति सी जिङपिङसँग होङझाओमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै प्रधानमन्त्री प्रचण्ड आजदेखि सुरु हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रचण्ड प्रधानमन्त्रीको हैसियतमा तेस्रोपटक चीन भ्रमणमा गएका हुन्।

प्रधनमन्त्री प्रचण्डले आफ्ना समकक्षी चिनियाँ राष्ट्रपति ली छ्याङसँग भेट्नेदेखि नेपाली भूमिसँग सीमा जोडिएको तिब्बती क्षेत्रको अवलोकन गर्ने कार्यसूची रहेको छ।

भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद, खानेपानी मन्त्री महेन्द्र राय यादवलगायत पनि सहभागी हुनेछन्।

भिडियाे :

प्रकाशित मिति: : 2023-09-23 11:44:00

प्रतिकृया दिनुहोस्