राजेन्द्र लिङदेनका विश्वास पात्र उपाध्यक्ष खरेलद्वारा पार्टी परित्यागको घोषणा

राप्रपा झापाका वरिष्ठ उपाध्यक्ष कमल खरेलले पार्टी परित्याग गरेका छन्।

उनले सामाजिक सञ्जालमा पार्टी परित्यागको घोषणा गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, दुःखद पनि हुन सक्छ। तर खुशी पनि हुन सक्छ। सबैमा सबैलाई आजबाट म राप्रपा झापा जिल्ला उपाध्यक्ष तथा राप्रपाको साधारण सदस्यसम्म नरहने सबैमा जानकारी गर्दछु।

झापामा राप्रपाका प्रभावशाली नेता मानिएका खरेलको पार्टी परित्यागको घोषणाले राप्रपामा तरंग मच्चिएको छ।

खरेल १० वर्षदेखि राप्रपाको राजनीतिमा सक्रिय थिए। दुई कार्यकाल राप्रपा झापाको उपाध्यक्ष पद्मा रहेर काम गरेको बताउँदै उनले राजनीति सक्रियता भने रहि रहने बताएका छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनका विश्वास पात्र मानिने खरेलको पार्टी परित्यागको घोषणाले ठुलो क्षति भएको राप्रपा बृत्तमा चर्चा हुन थालेको छ।

प्रकाशित मिति: : 2022-03-20 11:59:00

प्रतिकृया दिनुहोस्