उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड जगत टमटालाई

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षक जगत टमटालाई प्रदान गरिएकाे छ। नेपाल खेलकुद पत्रकार मञ्चद्धारा मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रमबीच उनलाई अवार्ड प्रदान गरिएकाे हाे।

नेपाली क्रिकेटका सर्वाधिक सफल घरेलु प्रशिक्षक टमटा पछिल्लो एक दशकदेखि नेपाली क्रिकेटले पाएका हरेक सफलताका सारथी बन्दै आएका छन्।

प्रकाशित मिति: : 2022-03-22 16:09:00

प्रतिकृया दिनुहोस्