‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
हिमाल खबर
एकपटक अक्सिजन लेभल घटेर तर्सिएपछि अब पीर पर्यो, राति निदाएको वेला अक्सिजन घट्यो भने? सोधखोज गर्ने नजिकमा कोही थिएनन्। त्यसपछिका दशौं रात घण्टा-घण्टामा अलार्मकै सहारामा बिते। अलार्म बजिरह्यो, मैले बाँचेको खुशीयाली मनाइरहेँ।
१९ वैशाखको साँझ ५ बजे। मोबाइलमा मेसेज आएको घण्टी बज्यो। मेसेजले तरंगित बनायोे, ‘कोभिड पोजेटिभ!’
अब गर्ने के? मन एकतमासको भयो।
यो प्रश्नसँगै मानसपटलमा एकैपटक आए– अस्पताल, आईसीयू, भेन्टिलेटर, अक्सिजन र पशुपति क्षेत्रमा ओइरो लागेका शव। मन–मगजमा यी सबै कुरा गढेर बस्नुमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा एकोहोरो आइरहेका नकारात्मक पोस्ट र समाचारको प्रभाव बढी थियो।
अहिले पो बुझ्दै छु, त्यो बेला मैले आत्मबल खस्काएर मैदानमा उत्रिनुअगावै कोरोनालाई जितको ट्रफी दिएको रहेछु। तर, कोरोना संक्रमण भएको खबर नै यति दुष्ट छ, एकचोटि त यसले जिन्दगीलाई नै प्रश्नचिह्न लगाइदिन्छ।
मेरो अवस्था ठीक यस्तै थियो।
दुई दिनदेखि हल्का ज्वरो र शरीर दुखाइ थियो। पोजेटिभ रिपोर्टसँगै ज्वरो र दुखाइ ह्वात्तै बढ्न थाल्यो। हातमा रिपोर्ट बोकेर डेराको कोठामा एक्लै निरुपाय बनेँ। संकटमा अनेक भाव र विचारले एकैपटक घेरे।
सोचेँ, यो खबर घरमा अहिले नै दिन हुन्न। किनकि मलाई थाहा थियो, परिवारभन्दा टाढा शहरमा एक्लै बसेकी छोरीको चिन्ताले बाआमालाई गलाउँछ। फेरि पहिला त आफैंलाई सम्हाल्नु थियो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया