तारेखमा रिहा गर्न पल शाहले दायर गरे रिट

file photo
file photo

नावालिग वलात्कारको संगीन आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पल शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन्। 

अदालतका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले रिट दर्ता भइसकेको जानकारी दिए। रिटमार्फत शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरेका छन्।

तनहुँ जिल्ला अदालतले शाहलाई चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। थुनामा रहेको पाँचौं दिन शाह अदालत पुगेका हुन्।

प्रकाशित मिति: : 2022-03-29 13:23:00

प्रतिकृया दिनुहोस्