पर्सामा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पर्साको पोखरिया नगरपालिकाको नहरबाटोमा भएकाे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आज बिहान १० बजे दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हाे।

ना३प १०३६ तथा प्रदेश २ ७४७६ नं एक आपसमा ठोक्किँदा घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय पोखरियाका प्रहरी निरक्षक दिपक थापाले बताएका छन्।

मृत्यु हुनेमा धोवीनी गाउपालिका-३ गुलरिया निवारी २५ वर्षीय ललनप्रसाद कुर्मी र सखुवाप्रसौनी गाउँपालिका एकडरवा टोल निवारी २६ वर्षीय हसिन्दर सहनी रहेको प्रहरीले जनाएको छ।

घाइते ३ जनामध्ये एकडरवाको रन्जित राउतको अवस्था गम्भिर रहेको र थप उपचारको लागि बाहिर लगिरहेको प्रहरीले जनाएको छ।

अन्य घाइते रोजदिन मिया र सुकेन राउतको उपचार अहिले नारायणी अस्पतलमा भइरहेको छ। दुवै साधन तीव्र गतिमा रहेकोले अनियन्त्रित भई एकआपसमा ठोक्किएको प्रहरी निरीक्षक दिपक थापाले बताए।

प्रकाशित मिति: : 2022-03-31 14:39:00

प्रतिकृया दिनुहोस्