लखनउको तेस्रो जित

बिएल संवाददाता

नयाँ दिल्ली
BCCI/IPL
BCCI/IPL

दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी- २० क्रिकेटमा लखनउ सुपर जायन्ट्सले जित निकालेको छ।

बिहिवार दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍याे। लखनउको जितमा क्विन्टन डी ककले  सर्वाधिक ८० बनाए। यस्तै कप्तान केएल राहुलले २४ रनको योगदान गरे।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १४९ रनको योगफल तयार पारेकाे थियाे। दिल्लीका  पृथ्वी शले सर्वाधिक ६१ रन बनाए। यस्तै ऋषव पन्तले ३९ र सर्फराज खानले ३६ रनको योगदान गरे।

जितसँगै लखनउले ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ। दिल्ली ३ खेलबाट २ अंक जोडेर सातौं स्थानमा  छ।

प्रकाशित मिति: : 2022-04-08 07:14:00

प्रतिकृया दिनुहोस्