रतुवामाईको वडा अध्यक्षमा न्यौपानेले स्वतन्त्र उम्मेदवार दिने !

टिकट वितरणमा एकाधिकार प्रयोग गरेको भन्दै असन्तुष्ट भएका  रतुवामाई नगरपालिका वडा नम्बर ९ का पुराना एमाले नेताले स्वतन्त्ररुपमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

पार्टीमा गरेको योगदानको कदर नभएपछि आफूले ९ नम्बरको वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेको खेमप्रसाद न्यौपानेले बताए। लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय न्यौपाने २०७४ सालको स्थानीय निर्वाचनमा समेत वडा अध्यक्षका आकाङ्क्षी थिए । तर उनलाई त्यसबेला पार्टीले टिकट दिएन्। 

०७४ सालमा उक्त वडामा एमालेका उम्मेदवार देवेन्द्र पौडेल नेपाली काङ्ग्रेसका इन्द्रबहादुर लिम्बूसँग ४० मतले पराजय भएका थिए । ९ नम्बरमा अहिले एमालेले विनोद घिमिरेलाई उम्मेदवार बनाएको छ। 

२०३८ सालदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा होमिएका न्यौपाने यस वडाका पुराना कम्युनिस्ट नेता मानिन्छन्। पुराना बामपंथी नेता र २०४६ को आन्दोलनमा इटहरामा पुर्याएको योगदानका आधारमा न्यौपानेले जित्ने सम्भावना बलियो रहेको स्थानीयहरुको भनाइ छ।

प्रकाशित मिति: : 2022-04-08 20:52:00

प्रतिकृया दिनुहोस्