पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ।
मुम्बईमा शुक्रबार राति पन्जाबले दिएको १९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्याे।
गुजरातको जितमा सुबमन गिलले सर्वाधिक ९६ रन बनाए। पन्जाबका कागिसो राबडाले २ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएकाे थियाे। पन्जाबका लियाम लिभिङस्टोनले सर्वाधिक ६४ रन बनाए। गुजरातका राशिद खानले ३ विकेट लिए।
जितसँगै गुजरात ३ खेलमा ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पन्जाब ४ खेलमा २ अंक जोडेर छैटौं स्थानमा छ।