कंगोमा विद्रोहीको हमलामा कम्तीमा २६ जनाको मृत्यु

file photo
file photo

उत्तरपूर्वी कंगोमा संदिग्ध जिहादीले गरेको हमलामा कम्तीमा २६ जनाको मृत्यु भएको स्थानीय रेडक्रसले जनाएको छ। इटुरी प्रान्तको इरूम क्षेत्रमा संदिग्ध जिहादीले आइतवार र सोमबार गरेका हमलामा उनीहरूको मृत्यु भएको हो।

देशको कुख्यात सशस्त्र समूह एलाइड डेमोक्रेटिक फोर्सेस ९एडीएफ० का विद्रोहीहरूले प्रान्तीय राजधानी बुनियाबाट ७५ किलोमिटर दक्षिणमा रहेको कोमान्डा वरपरका दुईवटा गाउँहरूमा हमला गरेकोे रेडक्रसका प्रमुख डेभिड बेइजाले बताए। 

विद्रोहीको हमलामा मुङ्सुमा १७ जना र शौरी मोया गाउँमा ९ जनाको मृत्यु भएको प्राप्त विवरणहरूमा जनाइएको छ।आक्रमणकारीहरूले इतुरी नदीको पुललाई निशाना बनाएर हमला गरेका थिए। 

प्रकाशित मिति: : 2022-04-12 13:54:00

प्रतिकृया दिनुहोस्