कांग्रेसले रोल्पामा माग्यो ५० प्रतिशत भाग, नदिए गठबन्धनबाट बाहिरिने चेतावनी

नेपाली कांग्रेस रोल्पाले समग्र पालिका र वडामा आधा हिस्सा नपाए गठबन्धन नगर्ने भएको छ।

कांग्रेसले मंगलबार जिल्ला पार्टी कार्यालयमा गरेको वृहत छलफल कार्यक्रमबाट रोल्पाका १० वटा पालिकामध्ये ५ वटामा प्रमुख र ५ वटामा उपप्रमुखमा दावी गर्ने निष्कर्ष निकालेको हो।

यस्तै ७२ वडामध्ये ३६ वटामा एक सदस्यसहित अध्यक्ष र ३६ वटामा ३ वटा सदस्य पाउनै पर्ने नभए एक्लै चुनावमा जाने जनाएको छ।

गठबन्धन दलहरुले कांग्रेसको निर्णय मान्न तयार भए गठबन्धन गर्ने नभए सौहार्दपूर्ण तरिकाले एक्लै चुनावमा जाने निष्कर्षमा पुगेको नेपाली कांग्रेस रोल्पाका सभापति किशोर कुमार आचार्यले बताए।

‘जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र १४औं महाधिवेशनका जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका प्रत्यासीहरुको उपस्थितिमा भएको बृहत अन्तरक्रियात्मक बैठकको सुझाव अनुसार हामी निष्कर्षमा पुगेका हौं’ सभापति आचार्यले भने ‘सोही बमोजिम नै निर्वाचनमा जाँदा उपयुक्त हुने हाम्रो ठहर छ।’

गठबन्धनका अन्य दल सहमत भएमा सोही बमोजिम गर्ने र नभएमा एकल ढंगले मित्रवत रुपमा सौहार्दताका साथ प्रतिस्पर्धामा भाग लिन पार्टीका क्षेत्र, पालिका तथा वडा समितिहरुलाई निर्देशन दिएको समेत नेपाली कांग्रेस रोल्पाले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-13 11:49:00

प्रतिकृया दिनुहोस्