सुगर लेभल बढेमा तुरुन्तै नियन्त्रण गर्ने यस्ता छन् उपाय

file photo
file photo

चिनीको बढ्दो मात्रा मानिसका लागि ठूलो समस्याको कारण बन्न सक्छ। त्यसमाथि अचानक बढेको चिनीको मात्राले गम्भीर समस्या निम्त्याउन सक्छ। ब्लड शुगरको मात्रा बढ्नुलाई हाइपरग्लाइसेमिया भनिन्छ यो अवस्थाले गम्भीर स्वास्थ्य समस्याहरू जस्तै: मृगौला क्षति, दृष्टि गुमाउने र अन्य धेरै समस्याहरू निम्त्याउन सक्छ।

प्राय स्वास्थ्य विशेषज्ञहरूले सबै मानिसहरूलाई आफ्नो रगतमा चिनीको मात्रा चेक गरिरहन सल्लाह दिन्छन्। चिनीको मात्रा बढेमा तत्काल घटाउने प्रयास गर्नुपर्छ।

स्वास्थ्य विज्ञहरूका अनुसार रगतमा चिनीको मात्रा १४० मिलीग्रामरडिएलभन्दा कम भएमा सामान्य मानिन्छ। अर्कोतर्फ, यदि तपाइको चिनीको मात्रा लगातार २००-३०० वा त्यो भन्दा बढी रहन्छ भने तपाइले तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुपर्दछ। यो अवस्था गम्भीर समस्याहरूको संकेत हुन सक्छ।

शुरुवाती चरणहरूमा सजिलै चिनीको स्तर घटाउन मद्दत गर्न सकिने उपायहरू बारे जानौं:

१) इन्सुलिनस् स्वास्थ्य विज्ञहरूका अनुसार मधुमेह नियन्त्रण गर्न चिकित्सकले इन्सुलिन लिने सल्लाह दिएपछि यसमा कुनै लापरवाही गर्नु हुँदैन। शरीरमा इन्सुलिनको मात्रा धेरै कम हुँदा चिनीको मात्रा बढ्छ । यस्तो अवस्थामा डाक्टरले तोकेको मात्रामा आधारित इन्सुलिन लिनु रगतमा चिनी नियन्त्रण गर्न फाइदाजनक हुन्छ । इन्सुलिन इन्जेक्सनले चिनीको मात्रा घटाउन मद्दत गर्छ।

२) व्यायामस् चिनीको बढ्दो मात्रालाई नियन्त्रण गर्न व्यायाम गर्नु उत्तम विकल्प हुनसक्छ । शारीरिक गतिविधिले तपाईंको रगतमा गुल्कोजको मात्रा कम गर्न मद्दत गर्न सक्छ। व्यायाम गर्दा, तपाईंको शरीरले ऊर्जाको लागि ग्लुकोज प्रयोग गर्न इन्सुलिन प्रयोग गर्न राम्रोसँग सक्षम हुन्छ। यद्यपि, शुगर लेभल कम गर्न कुनै विशेष व्यायाम छैन, मध्यम शारीरिक गतिविधि पनि तपाईंको लागि उपयोगी हुन सक्छ।

३) पानीस् चिनीको मात्रा सजिलै घटाउन पानी पिउनु निकै फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् । पानीले शरीरबाट अतिरिक्त ग्लुकोज बाहिर निकाल्न मद्दत गर्छ। रगतमा चिनीको मात्रा सामान्य राख्न शरीरलाई हाइड्रेटेड राख्नु महत्त्वपूर्ण छ। चिनीको समस्याबाट पीडित व्यक्तिहरूलाई दैनिक कम्तिमा ४ लिटर पानी पिउन सल्लाह दिइन्छ, जसले गर्दा रगतमा चिनीको मात्रा सजिलै नियन्त्रण गर्न सकिन्छ।
 

प्रकाशित मिति: : 2022-04-13 13:11:00

प्रतिकृया दिनुहोस्