एमाले नेतृत्वलाई भीम रावलको प्रश्नः के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो ?

file photo
file photo

नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीको चुनाव चिन्ह्र ‘सूर्य’ अरुलाई  प्रयोग गर्न दिएकोमा आपत्ति जनाएका छन्। 

नेकपा एमालेले बुधबार कमल थापा नेतृत्वको राप्रपा, नेपाल र परिवार दललाई आगामी स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह प्रयोग गर्न दिने सहमति गरेपछि रावलले आपत्ति जनाएका हुन्। 

‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे १ के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र रु यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र रु दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र १,’ रावलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। 

एमालले बुधबार राप्रपा, नेपाल र परिवार दलसँग पाँच-पाँच वुदे छुट्टाछुट्टै सम्झौता गरेको थियो। सम्झौतामाा रापप्रपा, नेपाल र परिवार दलका उम्मेदवारले सहमति भएका स्थानमा सूर्य चिन्ह लिएर चुनावमा भागलिन पाउने उल्लेख थियो। 

प्रकाशित मिति: : 2022-04-14 15:38:00

प्रतिकृया दिनुहोस्