‘चोरुलुङ पार्क’  गीतको भिडियो सार्वजनिक, राजेश पायलले गरे उद्घाटन

गायिका सुनिता संयक र पेपराज माबोहाङको स्वरमा रहेको ‘चोरुलुङ पार्क’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। 

पेसल माबोहाङको शब्द र संजय तुम्बाहाङफेको संगित रहेको गीतको भिडियो काठमाडाै‌मा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।

कलाकारको रुपमा समाजसेवी त्रिभुवन लुम्फुङवा लिम्बु र सोना पालुङवा रहेका छन्।

विगत लामो समयदेखि हङकङमा कार्यरत लिम्बुले हालै ‘चोरुलुङ पार्क’ मा  म्यूजिक भिडियो खेलेका हुन्।

गायिका सुनिता संयक र पेपराज माबोहाङको स्वरमा रेकर्ड भएको गीतबाट त्रिभुवनले आफ्नो मोडलिङ यात्राको औपचारिक सुरुवात गरेका हुन्।

पेसल माबोहाङको शब्द र संजय तुम्बाहाङफेको संगित रहेको गीतको म्यूजिक भिडियोमा कलाकार सोना लिम्बुलाई त्रिभुवनको जोडिको रुपमा देख्न पाईन्छ।

तरुण युुवा युवतीको पहिलो भेट मायामा प्ररिणत भई विवाहको मगनीसम्म भएको कथावस्तु समेटिएको यस भिडियोले दर्शक श्रोताको मन जित्ने कुरामा आफू विश्वस्त रहेको भिडियोका निर्देशक तथा छायाँकार भुपेन्द्र तुम्बाहाङफेले बताए। 

थैली ईन्टरटेनमेन्टको प्रस्तुतीमा निर्माण भएको यस भिडियोमा सहायक कलाकारको रुपमा संगिता लावती,बिष्णु मोक्तान,टीआर सेनेहाङ,रविकिरण लिम्बु,फिपराज थुलुङ,रितुराज लिम्बु,दुर्गा तेयुङ लगायत छन्। 

भिडियो निर्माणका लागी किराँत याक्थुङ चुम्लुङ हङकङका उपाध्यक्ष शेरबहादुर लक्साम्बा, हङकङ तेह्रथुम मंचका उपाध्यक्ष हिम सिंगक, चलचित्र निर्माता पृथ्वी ईङनाम र किराँत याक्थुङ चुम्लुङ हङकङका सदस्य रेजिन साँवाले सहयोग गरेका छन्।

दिनेश माङमुको सहायक निर्देशन साथै कृष्ण सुवेदीको श्रृङगार रहेको यो भिडियो तेह्रथुमको पर्यटकिय स्थल चोःलुङ पार्क, तिन्जुरे,गुफापोखरी लगायतका क्षेत्रमा छायांकन गरिएको हो।  भिडियोको उद्घाटन गायक राजेश पायल राईले गरेका थिए। 

प्रकाशित मिति: : 2022-04-20 15:34:00

प्रतिकृया दिनुहोस्