रिता अधिकारीको सेल्फ पोट्रेट लोकार्पण 

कवि रीता अधिकारी 'ऋतु’ ले कविता सङ्ग्रह ल्याएकी छन्। 

'ऋतु’ को कवितासङ्ग्रह ‘सेल्फ पोट्रेट’ शनिबार पोखरामा विमोचन भएको छ। साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति विमोचन गरे।  

कवि तथा साहित्यकार 'ऋतु’ ले ३ दसक लगाएर लेखिएका आफ्ना कविताहरुको कृति ल्याएकी हुन्। 

कृति विमोचनपछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले ५० कै दशकदेखि कविका रुपमा रीतालाई सुनेको स्मरण गरे। 

साहित्यकार सरुभक्तले कवि ऋतु समकालीन पोखरेली कविताका एक उदयीमान र प्रतिभा सम्पन्न कवि भएको बताए। गहन काव्यचेत, कोमल शब्दावली,हृदयस्पर्शी बिम्बमा सहज गाम्भीर्यसहित अभिव्यक्त हुनु उनको खुबी भएको बताए । 

तीर्थ श्रेष्ठले कविता लेखनमा कथ्य र तथ्यको मिश्रणमा ध्यान दिएर लेखिनु पर्ने बताए। 

सर्वप्रिय साहित्यिक विधा कविता कवि कर्म हो। तथापि सहजकर्म भने हुँदै होइन। कविता लेख्नु सहज प्रतीत हुने असहज यात्रा हो। 

कविताको प्रभावकारिता कुनै मापन प्रणालीले मापन गर्न सक्दैन। साना मसिना कथ्यलाई पनि टपक्क टिपेर कविताको बान्कीमा पस्कन सक्ने कविका रुपमा कवि ऋतुलाई तुलना गरे। 

कवि रमेश श्रेष्ठले रीतालाई आँफैले आँफैलाई कोर्न सक्ने कलाकारका रुपामा देखेको बताए।  

प्राज्ञ हरिदेबी कोइरालाले कवि ऋतु सरल,सबै कुरा बुझ्ने आमा जस्तै लागेको बताइन्। 

लामो समयमा कविता आफ्नो कविता सङ्ग्रहलिएर आएकी स्रष्टा ऋतुले सबैको माया, ममता र स्नेहलाई हृदयले अनुभूत गरेका अनुभूतिहरुलाइ फेरी फेरी पनि कविता कर्ममा उतार्ने बताइन्। 

साहित्यकार जीवनसागर भण्डारीले स्रष्टा चिनारी राख्दै ऋतुलाई समकालीन साहित्य सिर्जनकर्ममा निरन्तर लागीरहने र अग्रजहरुको सम्मान गर्ने अध्ययनशील प्रतिभा भएको जिकिर गरे। 

कृति समीक्षागर्दै कवि आख्यानकार सरस्वती प्रतीक्षाले ऋतुलाई समसामयिक विषय चेतमा कलम चलाउन र समय बेवस्थापन गर्न जान्ने स्रष्टाका रुपमा पाएको बताइन्।

कार्यक्रममा पोखरेलीयुवा सांस्कृतिक परिवारका अध्यक्ष मोति भुजेल, संस्थाकापूर्व अध्यक्ष जीवनसागर भण्डारी, दीपक समीप रीता अधिकारी ऋतु, शिब त्रिपाठी, उपेन्द्र पौडेल लगायतले बोलेका थिए।

प्रकाशित मिति: : 2022-04-24 20:13:00

प्रतिकृया दिनुहोस्