'पहिला खानेपानी देऊ अनि हामी भोट दिऊँला' (भिडियाेसहित)

शिलापत्र

नवराज कुँवर

२०७४ सालको चुनावमा ७४ वर्षीया पंगुमाया तामाङले घरैमा धारा ल्याइदिन्छौँ भन्ने उम्मेदवारलाई भोट दिएकी थिइन् । हुन पनि, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, फुल्पिङकी उनी एक घैला पानी लिन एक घण्टा ओरालो झर्नुपर्थ्यो ।

पाँच वर्ष बितेर गयो । फेरि चुनाव आयो । पानीको उही एजेण्डा लिएर उम्मेदवार आए । तर पंगुमायाको घरमा धारा आएन । त्यसैले यसपालि चुनावमा भोट नखसाल्ने सोचमा छिन् उनी । भन्छिन्, ‘परार साल पानी ल्याइदिन्छु भनेर ढाँटे । यसपालि ढाँट्दैनन् भन्ने के भरोसा ? पानी लिन कुवा नै धाउनुपर्ने हाे भने भाेट हालेर के काम ? ’ 

३० वर्षकै उमेरमा श्रीमान् गुमाएकी उनी घरमा एक्लै छिन् । बिमार परेका बेला पानी अभावले आफूलाई निकै आपत पर्ने गरेको उनी बताउँछिन् । ‘पानीका लागि घण्टौँ हिँड्नु नपरोस् भनेर आधा घण्टा हिँडेर भोट हालेकी थिएँ । तर म बुढीले बिरामी हुँदा पनि धर पाएकी छैन । यो उमेरमा मलाई घैला लिएर कुवातिर दौडाउनेहरूलाई भोट किन हाल्नु ?’, चुनावलाई लिएर उनी निराश छिन् ।

 

प्रकाशित मिति: : 2022-04-28 16:24:00

प्रतिकृया दिनुहोस्