काठमाडौंवासी भन्छन्: केशव स्थापितलाई जिताउँदा भ्रष्टाचार बढ्छ (भिडियाेसहित)

Breaknlinks
Breaknlinks

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उत्साहजनक सहभागिता देखिएकाे छ। नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राप्रपालगायतले आ–आफना उम्मेदवारलाई जिताउन हर–प्रयास गरिरहेका छन्।

काठमाडौं महानगरपलिकामा मात्रै ५६ जनाले मेयर पदमा उम्मेदवारी छन्। निर्वाचनमा मेयर पदका लागि एमालेले पूर्वमेयर केशव स्थापितलाई उम्मेदवार बनाएको छ। पाँच दलीय गठबन्धनकाे तर्फबाट सिर्जना सिंह र स्वतन्त्रमा बालेन शाह उम्मेदवार बनेका छन्।

०५४ ताका काठमाडौं महानगरकाे मेयर हुँदा उनीमाथि महानगरकी पूर्वकर्मचारी र एक पत्रकारले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। लगतै उनी वर्षाैदेखि विवादीत पत्रका रूपमा पनि परिचित छन्। 

काठमाडौं महानगरमा पार्टीगत राजनीतिको आवश्यकता नभएको स्थानीय बलदेव पोखरेल बताउँछन्। स्थापितलाई जिताउँदा भ्रष्टाचार बढ्ने र स्वतन्त्र उम्मेदवारलाई महानगरको मेयर बनाउँदा भ्रष्टाचार घढ्ने दाबी गर्छन्, कतिपय युवा। 

स्थापितकाे चरित्रमाथि अनेक प्रश्न उठिरहँदा उम्मेदवार बनाएर नेकपा (एमाले)ले गलत गरेको अर्का युवा निराजन ढुंगेल बताउँछन्। युवालाई जिताउँदा राम्रो हुने जेष्ठ नागरिक धनबहादुर घिसिङले बताएका छन्।

बिएल नेपाली सेवाले काठमाडौंवासीलाई स्थापितसँग सम्बन्धित प्रश्न साेधेकाे छ।

हेर्नुहोस् यो भिडियाे –

प्रकाशित मिति: : 2022-04-29 19:52:00

प्रतिकृया दिनुहोस्