ओलीकाे निर्वाचन क्षेत्रमा एमाले र गठबन्धकाे महाप्रतिस्पर्धा : चुनाव जित्ने दुबै पक्षकाे दाबी

Breaknlinks
Breaknlinks

स्थानीय निर्वाचन नजिकिँदै जाँदा चुनावी देशभर माहोल तातिएकाे छ। उम्मेदवारहरु मत माग्न चुनावी प्रचारप्रसारमा व्यस्त छन। राजनीतिक दलका नेता तथा कार्यकर्ता आफ्नो दललाई जिताउन चुनावी प्रचारप्रसारमा हाेमिएका छन। गाउँ, बजार तथा चाेकमा राजनीतिक दलका झण्डा फहराइ रहेका छन।

गौरादह एमालेकाे गढ मानिन्छ। याे नगरपालिका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकाे निर्वाचन क्षेत्र हाे। दुई पटकसम्म संविधानसभा सदस्य निर्वाचित दीपक कार्की र प्रदेश सभा सदस्य हिक्मतकुमार कार्कीको गृहनगर हाे। साबिक गौरादह र महारानी झाेडा गाविस एमालेकाे गढ मानिन्छ।

दुबै स्थानीय तहमा संधै जसाे एमालेकाे वर्चस्व हुन्थियाे। गौरादह नगरपालिका साबिकका गौरादह महारानझाेडा, काेहवरा, जुराेपानी र बैगुन्धुरा मिलेर बनेकाे छ। यसपछि भने अन्य दल पनि आफ्नो स्थान कायम गर्दै आएका छन। गत स्थानीय तहकाे निर्वाचनमा एमालेका उम्मेदवार मदन अधिकारी गौरादह नगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार राेहितकुमार साहसँग झिनाे मतले पराजित हुन पुगे। एमालेका गढ क्षेत्रमा नगर प्रमुखकाे पद गुमाउनु पर्दा गौरादह मात्र नभई केन्द्रीय राजनीतिमा समेत बहस चलेकाे थियाे। गत स्थानीय निर्वाचनमा कांग्रेसले प्रमुखसहित वडा नं २, ६ र ९ वडा मा विजय हासिल गरेकाे थियाे। एमालेले उपप्रमुखसहित वडा नं १, ३, ४, ५, ७ र ८ मा विजय भएकाे थियाे।

यसपटक कांग्रेसलाई गौरादहमा गत निर्वाचनकाे साख जाेगाउनु छ। भने, एमालेलाई गुमेकाे बिरासत फर्काउने पर्ने ठूलाे चुनौती छ। कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी गठबन्धन गरेर चुनावमा हाेमिएका छन। एमाले एक्लै चुनावी मैदानमा छ। साहले गत स्थानीय निर्वाचनमा गठबन्धन बिना एक्लै चुनाव जितेका थिए। यसपटक गठबन्धन भएकाले साहसहित गठबन्धनको टिम विजय हुने अंक गणितीय हिसाबले ढुक्क छन। नगर प्रमुखमा निर्वाचित भएपछि ५ वर्षै कार्यकालमा उनले जनताकाे मन जित्न कति सकेका छन ? आगामी निर्वाचनले देखाउने छ।

यसरी हेर्दा गठबन्धनकाे टिम र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। साह गत स्थानीय निर्वाचनमा नगर प्रमुखका विजयी उम्मेदवार हुन भने सुवेदी वडा नं- ५ का वडाध्यक्षका विजयी उम्मेदवार हुन्। राप्रपाले पनि प्रमुखमा गाेपाल पौडेललाई प्रमुखमा उम्मेदवार बनाएर एक्लै चुनावी मैदानमा उत्रिएको छ। गत निर्वाचनकाे तुलनामा राप्रपा उदाउँदाे ताराकाे रुपमा देखिएकाे छ। वैशाख ३० गते हुन गहिरहेकाे स्थानीय निर्वाचनमा गठबन्धनका तर्फबाट गौरादह नगरपालिकामा नगर प्रमुखमा साह र एमालेका प्रमुखका उम्मेदवार सुवेदीसँग गरिएको कुराकानी प्रस्तुत छ :-


रोहितकुमार साह

तपाईं अहिले के काममा ब्यस्त हुनुहुन्छ ?

स्थानीय चुनाव नजिकिँएकाले चुनाव प्रचारप्रसारमा व्यस्त भएकाे छु। अहिले काेणसभा घरदैलाे कार्यक्रम गर्दै नगरबासीसँग भाेट माग्ने कार्य गरिरहेका छु।

तपाईंको उम्मेदवारी किन ?

म नगर प्रमुख भएर काम गरिरहँदा अधुरा रहेका काम पूरा गर्न र समृद्ध गौरादह नगर निर्माण गर्न मेराे उम्मेदवारी रहेकाे हाे।

तपाईंले ५ वर्षकाे कार्यकालमा के–के गर्नुभयाे ?

जनताका आवश्यकता र चाहना धेरै छन। सिमित स्राेत र साधनका बिच नगरबासीका आवश्यकतालाई प्राथमिकताका आधारमा काम गरेकाे छु। नगरभित्र शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सडक स्तरउन्ती, उच्चस्तरीय ग्राभेल, सडक कालाेपत्र, कृषि, पशुपालन, खानेपानी, विद्युत, नगर प्राेफाइल बनाउनेलगायतका क्षेत्रमा काम गरेकाे छु।

तपाईंका चुनाव जित्ने आधारहरु के छन ?

गौरादह नगरपालिकामा म नगर प्रमुखमा निर्वाचित भएपछि नगरपालिकालाई समृद्ध नगर बनाउने काममा लागि परेकाे छु। मैले ५ वर्ष जनताकाे सेवक भएर काम गरेकाे छु। निर्माण व्यावसायी, ठेक्का–पट्टासँग लेनदेन नगरेकाे, भ्रष्ट्राचार नगरेकाे, नगरमा सुशासन कायम राख्न प्रयत्न गरेकाे र नगरबासीका काम सहज रुपमा गरेकाे र नगरमा सेवा लिन आउने सेवाग्राहीलाई मितव्ययी व्यवहार गरेकाले नगरबासीले मलाई मतदान गरी विजय गराउने छन।

तपाईं नगर प्रमुखमा निर्वाचित भएपछि के गर्नुहुन्छ ?

डिजिटल गौरादह निर्माणकाे प्रक्रिया सुरु गर्छु। गौरादहका ऐतिहासिक पाेखरी व्यवस्थापन गर्ने कार्य, नगर भित्रका हाट बजार व्यवस्थापन, नगर अस्पताल निर्माण, रतुवा खाेला तटबन्धन, सडक कालाेपत्र, एकीकृत बस्ती विकास परियाेजना, कृषिमा आधुनिकिकरण, बस पार्क निर्माण, खेलमैदान निर्माण, अव्यवस्थित दलित भूमिहिनहरुकाे लगत संकलन भएकाले लालपुर्जा वितरणकाे प्रक्रिया अगाडि बढाउने, बजार तथा आसपासका क्षेत्रकाे फाेहाेर व्यवस्थापन, विद्यालयमा भौतिक पूर्वाधार निर्माण तथा कम्प्युटरको व्यवस्था, लागू पदार्थ र दुर्व्यसनमुक्त गौरादह निर्माण गर्ने काम गर्ने छु।

छत्रपति सुवेदी

तपाईं अहिले के काममा व्यस्त हुनुहुन्छ ?

स्थानीय चुनाव नजिकिँएकाे छ। चुनाव जित्नका लागि भाेट माग्दै घरदैलो कार्यक्रम र काेण सभामा ब्यस्त रहेकाे छु।

तपाईंको उम्मेदवारी किन ?

मेराे उम्मेदवारीभन्दा पनि पार्टीले उम्मेदवार बनाएकाे हाे। बिगत ५ वर्षकाे दौराहनमा नगरबासीले नगरपालिकामा स्थानीय सरकार भएकाे महसुस गरेनन्। नगरपालिका अपांग भएर चल्याे त्यसलाई सापाङग बनाउन मेराे उम्मेदवारी हाे।

तपाईंका चुनाव जित्ने आधारहरु के–के छन ? 

बिगत ५ वर्षमा मैले सिमित स्राेत र साधनका बिच वडा न- ५ काे वडाध्यक्ष भएर गरेकाे विकास निर्माणका काम र नगर कार्यपालिका सदस्य भएर नगरपालिकामा गरेकाे काम नै मेराे चुनाव जित्ने आधार हाे।

तपाईंले चुनाव जितेपछि के गर्नुहुन्छ ?

पार्टीले जारी गरेकाे घाेषणा पत्रमा भएका कुराहरु पूर्णरुपमा कार्यनयन गर्ने छु। गौरादहकाे मुहार फेर्न पार्टीकाे घाेषणा पत्रमा उल्लेख भएका १७ बुँदाहरु छन। त्यसलाई पूरा गर्ने छु।

यस पटक पूर्वाधारतर्फ ४५ किलाेमिटर सडक कालाेपत्र गर्ने, छात्राहरुलाई स्नातकसम्म छात्रावृतीकाे व्यवस्था गर्ने, नगरभित्र रहेका नागरिकहरु कम्तीमा १ हजार जनालाई सीप सिकाइ राेजगारीका अवसर सिर्जना गराउने, सबै ठाउँमा विद्युत लैजाने, किसानहरुलाई अनुदान तथा कृषिमा आधुनिकिकरण, नगरभित्रका बजार व्यवस्थापन, पर्यटन क्षेत्रकाे पहिचाहन गरी प्रबर्द्धन गर्ने, नगरभित्रका स्वास्थ्य चौकीमा डाक्टरकाे व्यवस्था गर्ने, सामुदायीक विद्यालयमा विषयगत र कक्षागत दरबन्दीकाे व्यवस्था गर्ने काम गर्ने छु।

प्रकाशित मिति: : 2022-05-04 21:25:00

प्रतिकृया दिनुहोस्