कफी वुइथ करण–७ : अर्जुन कपूर र मलाइका अरोराले खोल्नेछन्, आफ्नो ‘रोमान्स’ को राज ! 

बलिउडका चर्चित डायरेक्टर हुन्, करण जौहर। आफ्नो फिल्मका कारण चर्चामा आउने उनी हालै आफ्नो शो ‘कफी वुइथ करण–७’ को कारण चर्चामा छन्। हालै उनले आफ्नो शो ल्याउने घोषणा गरेका छन्। उक्त शोको घोषणासँगै दर्शकहरु पनि उत्साहित बनेका छन्। करणको शोमा मलाइका अरोरा र अर्जुन कपूरको पनि सहभागिता रहने बताइएको छ। 

के अर्जुन र मलाइका बन्लान शोको हिस्सा?

भारतीय एक मिडियाका अनुसार ‘कफी वुइथ करण–७’ का तयारी भइरहेको छ। अहिलेसम्म ५–६ जना शोको हिस्सा बनिसकेका छन्। जहाँ उनीहरुको ‘डेट’को कुरा चलिरहेको छ। यो लिस्टमा मलाइका र अर्जुन पनि सामेल छन्। भलै उनीहरुले यसबारेमा भने केही प्रतिक्रिया दिएका छैनन्।

करणको शोमा खुल्नेछन्, गोप्य कुरा

अर्जुन र मलाइका सधैँ आफ्नो सम्बन्धलाई लिएर खुलेरै कुरा गर्ने गर्छन्। उनीहरुले आफ्नो कुरा कसैसँग लुकाएका छैनन्। तसर्थ, यो जोडी ‘कफी वुइथ करण–७’ मा गए भने उनीहरुको धेरै कुरा खुल्न सक्छ। केही नयाँ कुरा अगाडि आउन सक्छन्। जुन कुराबारे दर्शकलाई थाहा नहुन सक्छ। यो जोडी यो शोको सीजन ५ र ६ मा पनि देखा परिसकेका छन्। 

शोमा देखापर्ने छन्, यी कलाकार

रिर्पोटस्का अनुसार, करण जौहरको शोमा जाह्नवी कपूर र सारा अली खानले शूट गरिसकेका छन्। अभिनेता विजय देवराकोंडा र अनन्या पाण्डे पनि यो शोमा नजर आउने छन्। यसैगरी यो शोको धेरै सीजनमा आइसकेका अभिनेत्री करिना कपूर र करिश्मा कपूर पनि देखापर्न सक्ने छन्। 
 

प्रकाशित मिति: : 2022-05-11 13:23:00

प्रतिकृया दिनुहोस्