यी कलाकारले गरे मतदान

२०७९ को स्थानीय तहको निर्वाचन सकिएको छ। 

जहाँ सर्वसाधारणलगायत कलाकारहरुले आफूले रुचाएका उम्मेदवारहरुलाई मतदान गरेका छन्। 

कलाकारहरु आ-आफ्ना क्षेत्रबाट मतदान प्रकृयामा सहभागि भएका हुन्।

हास्य कलाकार हरिवंश आचार्यले बुढानीलकण्ठबाट मतदान गरेका छन्। 

उनले आफूले मतदान गरेको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, ‘मैले त मतदान गरें, तपाईंले गर्नुभयो?’

त्यस्तै अभिनेत्री करिश्मा मानन्धरले श्रीमान विनोद र छोरी कवितासँग शीतल निवास अगाडि रहेको केन्द्रमा मतदान गरेकी छन्। उनले काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई भोट हालेको भन्दै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भोट हामीले  हाम्रो  इच्छाले  हाल्ने हो, मैले  भोट  केशव स्थापितलाई हालेको छु  बालेनलाई हैन।’

त्यसैगरी अभिनेत्री रेखा थापाले चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसको केन्द्रबाट मतदान गरेकी छन्। 

यो पटकको चुनावमा नागरिकले आफ्नो विवेकलाई सही ढंगले प्रयोग गर्नेमा विश्वास लागेको उनले बताइन्। 

‘यसपटक जनप्रतिनिधि छान्ने कार्यमा हरेकले बुझेर मतदान गर्नुहुन्छ भन्ने लागेको छ। सही जनप्रतिनिधि छान्ने र उनीहरुले सही काम गर्ने हो भने देशको मुहार फेरिन्छ’ उनले लेखेकी छन्। 

त्यसैगरी महानायक राजेश हमालले लैनचौरस्थित कन्या हाईस्कुल मतदान केन्द्रबाट मतदान गरेका छन्। 

निकै  उत्साहसका साथ मतदान गर्न पुगेका हमालले राजनितिमा नआइएला भन्न नसकिने बताए।

‘राजनीतिमा लागेको व्यक्तिलाई कलाकार वा यो क्षेत्रको फलानो पृष्टभूमिको भनेर हेर्नुभन्दा पनि राजनीतिमा जाने व्यक्ति देशका नागरिक हुन् र कोही व्यक्ति राजनीतिमा जान सक्छन्। यो अधिकार सबैलाई छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

 


 

प्रकाशित मिति: : 2022-05-13 19:50:00

प्रतिकृया दिनुहोस्