रोल्पामा कांग्रेसले खाता खोल्यो, गंगादेव–१ मा प्यानल नै विजयी

रोल्पामा नेपाली कांग्रेसले खाता खोलेको छ।

गंगादेव गाउँपालिका–१ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएसँगै कांग्रेसले रोल्पामा पनि विजयी सुरुवात गरेको हो।

वडामा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृतबहादुर ओलीले ३ सय ८५ मतका साथ विजयी हासिल गर्दा एमालेले २ सय ४० र माओवादीले २ सय २४ मत ल्याएको छ।

यस्तै, ७ नम्बर वडामा पनि कांग्रेसले अग्रता लिँदा समग्र गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि कांग्रेसले नै अग्रता लिइहेको छ।

यो वडामा माओवादी तेस्रो भएको छ भने गाउँपालिकामा पनि पछि देखिन्छ।

प्रकाशित मिति: : 2022-05-14 11:27:00

प्रतिकृया दिनुहोस्