दालचिनी प्रायः तरकारीहरूमा मसलाको रूपमा प्रयोग गरिन्छ। खानामा दालचिनीको प्रयोग स्वाद र स्वास्थ्य दुवैको लागि फाइदाजनक हुन्छ। दालचिनीको सेवन दूधसँग पनि गर्न सकिन्छ।
दालचिनीको धूलो दूधमा राखेर पिउनाले स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। यति मात्र नभई दूधमा दालचिनी राखेर सेवन गर्नाले क्यान्सर र मधुमेह जस्तो बिमारीबाट छुटकारा पाउन सकिन्छ।
यीबाहेक दालचिनीमा मह मिसाएर पिउनाले छाला सम्बन्धी समस्याबाट पनि छुटकारा पाउन सकिन्छ। जानी राखौ दालचिनका फाइदा बारे ः
राम्रो निद्रा
दालचिनी राखेर दूध पिउनाले थकाइ कम हुन्छ र यसले गर्दा निद्रा राम्रो लाग्ने गर्छ।
हड्डीलाई बलियो बनाउँछ
दूधमा दालचिनी राखेर सेवन गर्नाले हड्डीलाई बलियो बनाउँछ। विशेषज्ञहरूका अनुसार, दूधको नियमित सेवन गर्नाले हड्डी सम्बन्धी समस्याबाट आराम मिल्छ।
प्रतिरक्षा प्रणाली
दालचिनी राखेर दूध पिउनाले प्रतिरक्षा प्रणालीमा सुधार आउँछ। ससानो बच्चाहरूका लागि पनि यसको प्रयोग फाइदाजनक हुन्छ।
कपाल र छाला
दूधमा दालचिनी राखेर पिउनाले कपाल झर्ने समस्या कम हुन्छ। यसका साथै कपाल बाक्लो र बलियो हुन्छ। यसको सेवन गर्नाले छाला सम्बन्धी अनेकौं बिमारीहरूबाट छुटकारा पाउन सकिन्छ।